१८ जना सांसद चुन्न बिहीवार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाबाट मात्र १६ उम्मेद्वार विजयी भएका छन् । २ उम्मेद्वार भने राजपाबाट विजयी भए । प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।
सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्। जसबाट सत्तारुढ दलका १६ र प्रतिपक्षी राजपाका दुई जना विजयी भएका हुन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने राष्ट्रियसभा सदस्यकाको निर्वाचनमा यसअघि जितेका ७ र समाजवादीले १ सिट गुमाएको छ। यता नेकपाले भने राष्ट्रिय सभामा पहिलोको भन्दा ८ सिट बढोत्तरी गरेको छ। योसँगै नेकपाले राष्ट्रियसभा दुई तिहाइ बढी संख्या प्राप्त गरेको छ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण राष्ट्रिय सभाका १९ जना सांसद फागुनमा समय अवधि सकिँदैछ । नयाँ निर्वाचित सांसदहरुले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा ४७, काँग्रेस ६, राजपा २, समाजवादी १ र मनोनीत ३ जाने हुने छन् ।
बिहीवारकाे निर्वाचनमा विजयी उम्मेदवारको सूची
प्रदेश १
दलित– गोपी अच्छामी -नेकपा
महिला( इन्दिरा गौतम-नेकपा
अन्य– देवेन्द्र दाहाल-नेकपा
प्रदेश २
महिला– तुलसा दाहाल -नेकपा
दलित– राधेश्याम पासवान -नेकपा
अन्य– मृगेन्द्र यादव -राजपा
अल्पसंख्यक– शेखरकुमार सिंह -राजपा
बागमती प्रदेश
महिला– गंगा बेलवासे -नेकपा
अन्य– वेदुराम भुसाल -नेकपा
गण्डकी प्रदेश
अन्य– नारायणकाजी श्रेष्ठ -नेकपा
महिला– भगवती न्यौपाने -नेकपा
प्रदेश ५
महिला– विमला घिमिरे -नेकपा
अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा -नेकपा
अन्य– गोपाल भट्टराई -नेकपा
कर्णाली प्रदेश
अन्य– माया प्रसाद शर्मा -नेकपा
महिला– सुमित्रा बिसी -नेकपा
सुदूरपश्चिम प्रदेश
अन्य– तारामान स्वार -नेकपा
महिला– शारदा भट्ट -नेकपा