यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ । तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १० गते (शुक्रवार)
दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।



रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिवार)
दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतवार)
दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

सम्बन्धित समाचार