युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित)

निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युबमा रिलिज गरिएको छ । एक वर्षअघि हलमा रिलिज भएको यो फिल्म युट्युबमा बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले हलमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन । बक्स अफिसमा असफल यो फिल्मलाई युट्युबमा भने २४ घण्टा नपुग्दै झण्डै ५ लाखले हेरेका छन् ।



फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा लगायतका कलाकारको अभिनय छ । साथै लेखक कुमार नगरकोटीको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

विक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी रहेको यो फिल्ममा विक्रमसिंह थारु र निगम श्रेष्ठको स्किृप्ट छ ।

फिल्मलाई सुजित मैनालीले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

हेर्नुस् फिल्म :

सम्बन्धित समाचार