शीर्ष नेताहरूको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ। शुक्रवार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरूको छलफलले विवाद समाधान गर्दै अगाडि बढ्ने सहमति गरेको हो । शीर्ष नेताहरूबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भए पनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ ।
नेताहरूबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरूका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णयानुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ ।
शुक्रवार नै नेताहरूबीच नेविसंघ र तरुण दलसम्बन्धी सहमति पनि जुटेको छ। उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरूको समेत प्रतिनिधित्व हुनेछ । त्यसैगरी, तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उनले बताए ।