अग्नि सापकोटासहित सरकारलाई अदालतमा हाजिर हुन आदेश

सर्वोच्च अदालतले सभामुख बन्न लागेका अग्नि सापकोटासहित नेपाल सरकारलाई पत्र काटेको छ । सापकोटाविरुद्ध रिट दायर गरिएको मुद्धामा नेपाल सरकारसहित मन्त्री परिषद्लाई विपक्षी बनाइएको छ । अदालतले पेशी तारिखमा १२ गते हाजिर हुन भनेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकायलाई तारेखका लागि हाजिर हुन भनिएको छ । हत्याको आरोप लगाउँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



सापकोटालाई न्यायालयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी रहेको बुझिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काभ्रे प्रहरी र सिन्धुपाल्चोक प्रहरीलाई विपक्षी बनाएका छन् ।

सम्बन्धित समाचार