नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन्।
तामाङ समुदायको महान् सांस्कृतिक चाड सोनाम ल्होछारको कार्यक्रमलाई संबोधन गर्दै उनले लामो प्रतीक्षापछि आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेकाले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको सहयोगको खाँचो औंल्याए ।
अध्यक्ष दाहालले ल्होछारले सबै समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरिन् ।