पूर्वराजा ज्ञानेन्द्र २ साता लामो पश्चिम बङ्गाल भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित भारतको पश्चिम बङ्गाल जाँदैछन् । गत मङ्सिर २७ गते झापा पुगेका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लागेका हुन् ।

शाहलाई सुरक्षा निकाय र उनको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ । पश्चिम बङ्गाल सरकारको सुरक्षासहितको टोलीले उनलाई गन्तव्यसम्म पुर्याउने छ । कारकेडसहितको सरकारी टोलीले पश्चिम बङ्गाल पुर्याउने व्यवस्था मिलाइएको छ ।



‘धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम छ,’ उच्च स्रोतले भन्यो, ‘उतैको निम्तो मान्न बङ्गालको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम जान लाग्नुभएको हो ।’

शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बङ्गालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ । भ्रमण दुई साता लामो हुने बताइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

सम्बन्धित समाचार