नेपाली नारी समाज पोर्तुगलले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस वृहत कार्यक्रम गरि मनाउने भएको छ । ८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजले कार्यक्रम भने ७ मार्च शनिवार गर्ने भएको छ । ८ मार्चका दिन अन्य कार्यक्रम रहेकाले कार्यक्रम नजुधाइ अघिल्लो ७ गतेका दिनमा विशेष रूपमा गर्ने योजना रहेको महासचिव सिता श्रेष्ठले जानकारी दिइन् ।
साथै पर्यटन बर्ष २०२० लाई सफल पार्न कल्चर एक्सप्लोर नेपालले युरोपका विभिन्न शहरहरुमा कार्यक्रम आयोजना गर्ने भएको छ । सोहि अवसर पारेर कल्चर एक्सप्लोर नेपाललको आयोजनामा ६ र ७ मार्चमा हुने कार्यक्रममा नेपाली नारी समाज पोर्तुगलको सहभागीता रहने छ । पोर्चुगलका अबैतानिक बाणिज्यदुत, पर्यटन दुत र विभिन्न संघ सस्थाहरुको सहभागीतामा हुने कार्यक्रममा उपस्थितिका लागि समाजले सबैलाई आग्रह समेत गरेको छ ।
त्यस्तै समाजले अन्तर्रािष्ट्रय श्रमिक नारी दिवस लक्षित गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली नारीहरुको नेतृत्व बिकासका लागि एकदिने तालिमको आयोजना गर्ने भएको छ । १६ फेब्रुअरी आइतवारका दिन दक्ष प्रशिक्षकद्वारा १ दिने तालिमको आयोजना गर्न लागिएको समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलले जानकारी दिइन्।
यसैगरी हालै सम्पन्न १ महिने विशेष ब्युटिसियन तालिमको प्रमाणपत्र बितरण, र सम्मान कार्यक्रम ७ मार्च २०२० का दिन गरिने भएको हुँदा पोर्चुगलमा रहेका सम्पुर्ण संघ सस्थामा आबद्ध दिदीबहिनीहरुलाई सोहि दिन अन्य कार्यक्रमहरु नजुधाई सहयोग गरिदिनुहुन नेपाली नारी समाज, पोर्चुगलले अनुरोध गरेको छ ।