बोधीः द स्टडी रूम : एकान्तमा अध्ययन गर्न चाहनेहरूका लागि विशेष अवसर

अध्ययनमा रूचि राख्ने सबै उमेर समूहका व्यक्तिहरूको अध्ययनलाई सहज बनाउँने उद्देश्यले बोधी द स्टडी रूम सञ्चालनमा ल्याइएको छ । ललितपुर महानगरपालिका ३ पुलचोक रेडियो कान्तिपुर नजिकै रहेको बोधीः द स्टडी रूमले सस्तो सुलभ र गुणस्तरीय सेवा दिइरहेको बोधी द स्टडी रूमका सञ्चालक सरस्वती पराजुलीले बताइन् ।

अध्ययनमा रूचि भएका सबै व्यक्तिहरूलाई लक्षित गरेर उनीहरूको अध्ययनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने लामो अनुसन्धानपश्चात् आफूले यस्तो प्र्रकारको स्टडी रूमको सुरूवात गरेको सञ्चालक पराजुलीको मत छ ।



नवकान्तिपुरका संवाददातासँग कुरा गर्दै उनले अगाडि भनिन्– यो एउटा स्टडी रूम हो । यहाँ जुनसुकै उमेर समूहका व्यक्तिहरू अध्ययनका लागि आउन सक्नु हुन्छ । यो बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला रहन्छ । भौतिक संरचना पनि राम्रो छ । इन्टरनेटको सुविधा, तातोचिसो पानीको व्यवस्था, ताजा र स्वस्थ खानेकुरासहितको क्यान्टिनआदिको पनि व्यवस्था गरिएको छ ।

 

यो बनाउनु पूर्व हामीले करिब ६ महिना जति रिर्सच गरेर मात्र यो सुरुवात गरेका हौं । कुनै पनि परीक्षाको तयारी गर्नु पर्यो तर आफ्नो घरमा पढ्ने वातावरण भएन भने यहाँ आएर शान्त वातावरणका साथ पढ्न सक्नु हुन्छ । अहिले हामीले न्युन शुल्कमा सेवा दिने व्यवस्था गरेका छौं । सेवा लिनका लागि भर्ना शुल्क एक हजार र मासिक  शुल्क रु. ३ हजार मात्र कायम गरिएको छ । यसमा एक पटक भर्ना गरिसकेपछि पुनः भर्ना गर्नु पर्दैन् । यहाँ एक पटक भर्ना भइसकेपछि कति महिना वा कति वर्षका लागि पढ्न चाहन्छन्, सोहीअनुसार नै उपभोग गर्न सकिन्छ । अहिले दैनिक १५-२० जनाले भिजिट गरिरहनुभएको छ । केही दिन अघिमात्र सुरू भए पनि ५-६ जना भर्ना पनि भइसक्नु भएको छ । यो उत्साहजनक उपलब्धि हो । हामी धेरै आशावादी छौं ।

यस स्टडी रूपमा एक पटकमा एकैचोटी १२० जनासम्मले उपभोग गर्न सकिने गरी पूर्वाधार तयार गरिने लक्ष्य छ । तयारीका क्रममा रहेकोले हाल ६० जनाले एकैचोटि अध्ययन गर्ने अवस्था बनिसकेकोे छ भने बाँकी ५० प्रतिशत काम एक/दुई महिनाभित्र पूरा हुनेछ । सम्पूर्ण क्षमतामा सञ्चालन गर्ने बेलासम्ममा आर्थिक रूपमा करिब ५० लाखको लागत लाग्ने सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार