आत्मसमर्पण गर्न महानगरीय प्रहरी परिसर पुगेकी गायिका आस्था राउतलाई वीर अस्पताल लगियो

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमवार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमवार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।



उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ ।

सम्बन्धित समाचार