सलमान खानले तिरेनन् साइकल बनाएको उधारो

बलिउड अभिनेता सलमान खान हालै मुम्बई वेलफेयर फन्डका लागि आयोजित कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी भए । सो कार्यक्रमका क्रममा उनले आफ्नो जीवनका एक रोचक किस्सा सुनाएका छन् । कार्यक्रममा उनले आज पनि एक बुढा साइकल मिस्त्रीको १.२५ रुपैयाँ उधारो नतिरेको बताएका थिए ।

कमेडियन कपिल शर्माका साथ उनीसहित कयौ बलिउड अभिनेताले आफ्नो रिल र रियल लाइभको रोचक घटना सुनाएर सबैलाई निकै हसाएका थिए । सोही क्रममा सलमान खानले बताए कि उनीमाथि अहिले पनि एक वृद्ध साइकल मिस्त्रीको उधारो रहेको छ । यसले अहिले पनि उनलाई झस्काइरहन्छ ।



सलमानले बताए–मैले सर्ट लगाएको थिएँ र मेरो साथमा पैसा थिएन । यसबारे मैले काकालाई भने कि यसको मर्मत गरिदिनु र पैसा पछि तिर्छु ।’सलमानका अनुसार जब उनले पैसा मेकानिक्सलाई पछि तिर्न खोजे उनले सो लिन मानेनन् । सलमानले कार्यक्रममा बाल्यकालमा पेट्रोल बचाउनका लागि स्कुटरमा आधा मट्टितेल हालेको रोचक किस्सा पनि सुनाए । कार्यक्रममा सलमानका साथै कट्रिना कैफ, शाहरुख खान, ऋतिक रोशन, कृति सनन, माधुरी दीक्षित, जजोनी लिभरलगायत पनि सहभागी थिए ।

सम्बन्धित समाचार