सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलवार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शाहीले आत्महत्या गरेको जानकारी आएको तर अहिलेसम्म उनी मृतकका केटी साथी भएको पुष्टि गर्न कुनै आधार नभेटिएको बताए।
यता स्थानीयहरुले भने केशरबहादुर सिंह ति युवतीलाई भेट्नलाई जाने क्रममा मृत्यु भएको र आफुलाई भेट्न आउँदा प्रेमिकाको मृत्यु भएको भन्दै ति युवतीले आत्महत्या गरेको चर्चा गरेका छन। तर आत्महत्या गरेकी ति युवतीबाट कुनै पनि सुसाइट नोट फेला नपरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको दाबि छ। युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको भन्ने स्थानीयको भनाई पुष्टि गर्नेगरि सामाजिक संजाल फेसबुकमा यस्तो स्ट्याटस फेला परेको छ।