बलिउड अभिनेता सलमान खान आफ्नो खराब प्रस्तुतिकरणका कारण बेलाबेलामा आलोचित हुने गरेका छन् । हालै उनको त्यस्तै खराब प्रस्तुतिकरणको एउटा भिडिओ सार्वजनिक भएको छ ।
सामाजिक संजालमा भाइरल भइरहेको भिडिओमा उनले सेल्फी खिच्न उनको अगाडि-अगाडि हिँडेका एक प्रशंसकको मोबाइल खोसेको देखाइएको छ ।
सार्वजनिक भिडिओमा विमानस्थलबाट बाहिरिदैं गरेका सलमानसँग सेल्फी खिच्न पछ्याउँदै उनको अघिअघि एक व्यक्ति आउँछन् र ठीक त्यहीबेला सलमानले रिसाउँदै ती व्यक्तिको फोन खोस्छन् र हिँड्छन् ।
सलमानले यसरी मोबाइल खोसेको सो भिडिओ कहिलेको र कुन स्थानको हो भन्ने बारेमा केही सार्वजनिक भएको छैन ।
यसरी सलमान सार्वजनिक रुपमा रिसाएको पहिलो घटना भने होइन । उनले बेलाबेलामा देखाउने यस्तो हर्कतको चर्को आलोचना हुने गरेको छ ।
भिडिओ हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्ः
https://www.instagram.com/p/B73AKMSJI6W/