प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले २०२०को भ्रमण वर्षमा केही धक्का दिएको बताएका छन् । मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए ।
प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए । यसको जवाफ प्रधानमन्त्री ओलीले बुधवार नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा दिएका हुन् ।
के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ । त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो ।’ ‘हामीले २०२० लाई नेपाल भ्रमण वर्ष भनेका छौं । कोरोना भाइरसले यो प्रयासमा केही धक्का देखियो भनेर भनेको थिएँ’ ओलीले भने,‘हामी सकभर धेरै धक्का पर्न नदिनेमा छौं । एक जनामा मात्र लक्ष्यण देखिएको छ । त्यसलाई कसरी नियन्त्रणमा लिने भन्नेमा गम्भीर छौं ।’
कोरोनाको संक्रमण बढ्छ मत्थर भएर जाँदैन भन्ने होइन । हामीले सावधानी अपनाउँदै जागरण गराउनु पर्छ । फैलन नपाओस् भनेर ध्यान दिन जरुरी छ ।