आज श्रीपञ्चमी, यसरी गर्नुहोस् सरस्वतीको पूजा

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।



विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ । काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए ।

यसरी गर्नुहोस् बिधियुक्त पूजा
सबभन्दा पहिला देवी सरस्वतीको प्रतिमा वा मूर्तिलाई आसनमा राख्नुस् । देवीको आसनमुनि पहेंलो, सेतो वा कसरी रंगको वस्त्र राख्नुपर्छ । देवीको पूजामा पहेंलो वा सेतो फूल उपयोग गर्नुपर्छ । सरस्वती देवीलाई प्रसादका रूपमा खीर, मालपुवा र मौसम अनुसारको फल चढाउनुपर्छ ।

अनि दाहिने हातमा जल लिएर मन्त्र भन्नुस् स्ऊँ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा।। यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ॥ ऊँ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्षः पुनातु ।। तीनपटक हातमा जल लिएर मन्त्रोच्चारण गर्दै आफूमाथि र पूजनसामग्रीमाथि जल छर्किनुस् । अनि ऊँ केशवाय नमस्, ऊँ माधवाय नमस्, ऊँ नारायणाय नमस् उच्चारण गर्दै आचमन गर्नुस् । फेरि हात धुनुस् । अनि पुनः आसन शुद्धि मन्त्र पढ्नुुस् स् ऊँ पृथ्वी त्वयाधृता लोका देवि त्यवं विष्णुनाधृता। त्वं च धारयमां देवि पवित्रं कुरु चासनम्॥शुद्धि र आचमनपछि निधारमा चन्दन लगाउनुपर्छ । साहिँली औंलाले श्रीखण्ड चन्दन लगाउँदै यो मन्त्र उच्चारण गर्नुस् स् ‘चन्द सुमहत्पुण्यम् पवित्रं पापनाशनम्, आपदां हरते नित्यम् लक्ष्मी तिष्ठतु सर्वदा।’

अब पूजनका लागि संकल्प गर्नुस् । हातमा तिल, फूल, अक्षता, मिठाइ र फल लिएर ‘यथोपलब्धपूजनसामग्रीभिः भगवत्यास् सरस्वत्यास् पूजनमहं करिष्ये’ उच्चारण गर्दै हातमा राखिएको सामग्री देवी सरस्वतीका अगाडि राख्नुस् । अब भगवान् गणपतिको पूजन गर्नुस् ।हातमा फूल लिएर गणपतिको ध्यान गर्नुस् । मन्त्र यसप्रकार छ स्गजाननम्भूतगणादिसेवितं कपित्थ जम्बू फलचारुभक्षणम्। उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपादपंकजम्। हातमा अक्षता लिएर गणपतिको आह्वान गर्नुस् र मन्त्र पढ्नुस् ः ऊँ गं गणपतये इहागच्छ इह तिष्ठ।। यति भन्दै पात्रमा अक्षता राख्नुस् ।अनि जल लिएर भन्नुस् स्एतानि पाद्याद्याचमनीयस्नानीयं, पुनराचमनीयम् ऊँ गं गणपतये नमस्।अनि रक्तचन्दन लगाउनुस् स् इदम रक्त चंदनम् लेपनम् ऊँ गं गणपतये नमस्।

त्यसैगरी श्रीखण्ड चन्दन भन्दै श्रीखण्ड चन्दन लगाउनुस् । अनि सिन्दूर चढाउनुस् र उच्चारण गर्नुस् स् “इदं सिन्दूराभरणं लेपनम् ऊँ गं गणपतये नमस् दूबो र बेलपत्र गणेशजीलाई चढाउनुस् । गणेशजीलाई रातो वा पहेंलो वस्त्र चढाउनुस् । इदं पीत वस्त्रं ऊँ गं गणपतये समर्पयामि।गणेशजीलाई प्रसाद अर्पण गर्नुस् स् इदं नानाविधि नैवेद्यानि ऊँ गं गणपतये समर्पयामि । मिष्ठान्न अर्पण गर्नका लागि मन्त्र स् इदं शर्करा घृत युक्त नैवेद्यं ऊँ गं गणपतये समर्पयामि ।प्रसाद अर्पण गरेपछि आचमन गराउनुस् स् इदं आचमनयं ऊँ गं गणपतये नमस्। त्यसपछि पान सुपारी चढाउनुस्: इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ गं गणपतये समर्पयामि। अनि एउटा फूल लिएर गणपतिलाई चढाउनुस् र मन्त्र भन्नुस् स् एषस् पुष्पान्जलि ऊँ गं गणपतये नमस्

गणपति पूजनपछि सूर्य सहित नवग्रहको पूजा गर्नुस् । सरस्वती पूजन आरम्भस्ध्यान स्सरस्वती महाभागे विद्या कमललोचने,विश्वरूपे विशालाक्षी विद्यां देहि विद्यांवरे।प्रतिष्ठास्हातमा अक्षता लिएर उच्चारण गर्नुस् स् “ऊँ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ। मन्त्रोच्चारण गरेर अक्षता राख्नुस् । अनि जल दिएर पाद्य र आचमन गराउनुस् स् ‘एतानि पाद्याद्याचमनीय९स्नानीयं, पुनराचमनीयम्।” प्रतिष्ठापछि स्नान गराउनुस्: ऊँ मन्दाकिन्या समानीतैः, हेमाम्भोरुह९वासितैः स्नानं कुरुष्व देवेशि, सलिलं च सुगन्धिभिः।। ऊँ श्री सरस्वतयै नमः।।चन्दनस्इदं रक्त चंदनम् लेपनम्‘ ,सिन्दूरस्इदं सिन्दूराभरणं‘ ,पुष्पस्‘ऊँ मन्दारपारिजाताद्यैरनेकैः कुसुमैः शुभैः। पूजयामि शिवे, भक्तया, सरस्वतयै नमो नमः।। ऊँ सरस्वतयै नमः, पुष्पाणि समर्पयामि।’

वस्त्रस्इदं पीत वस्त्र समर्पयामि ,प्रसादस् “इदं नानाविधि नैवेद्यानि ऊं सरस्वतयै समर्पयामि” ,मिष्ठान्न स्“इदं शर्करा घृत समायुक्तं नैवेद्यं ऊँ सरस्वतयै समर्पयामि” आचमनस्इदं आचमनयं ऊँ सरस्वतयै नमस्।सुपारीस्इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ सरस्वतयै समर्पयामि। फूलस्एषस् पुष्पान्जलि ऊँ सरस्वतयै नमस्अनि एक फूल लिएर त्यसमा चन्दन र अक्षता लगाएर किताब र कापीमा राख्नुस् ।अन्त्यमा देवी सरस्वतीको आरती गरेर प्रसाद वितरण गर्नुस् ।

सम्बन्धित समाचार