ललितपुरमा निसास्सिएर पूर्वमन्त्रीका पीए दम्पतिकै मृत्यु

ललितपुरमा निसास्सिएर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हस्त गर्वुजामगरको दम्पतिकै मृत्यु भएको छ । प्रहरीका अनुसार निस्सासिएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए हस्तसहित उनकी श्रीमती नेत्रकुमारी गर्वुजाको मृत्यु भएको हो।

ललितपुरको तिखेदेवलस्थित क्लबमा बसेका उनीहरूको निसास्सिएर बुधवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुषन्धान भइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । अक्सिजन कमीका कारण निसासिएर उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुषन्धानले देखाएको छ ।



सम्बन्धित समाचार