नेकपा केन्द्रीय कमिटी बैठकः प्रतिवेदनमाथिको सामूहिक छलफल सम्पन्न

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न गरेका छन् । चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरेका हुन् ।

शुक्रवार अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष पेश गर्ने भएका छन् । अन्य समूहले छलफल सम्पन्न गरेपनि १० नम्बर समूहले भने केही बुँदाहरुमा शुक्रबार विहान समेत छलफल गर्ने भएको छ ।



समूहका सदस्य युवराज चौलागाईंले समय अभावनका कारण सबै विषयमा छलफल हुन नसकेको बताउँदै विधान संशोधनका केही बुँदाहरूमा शुक्रबार बिहान छलफल हुने जानकारी दिए ।

नेकपाको विधान अनुसार ६-६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भए पनि अहिले करीब १८ महिनापछि बैठक बसेको हो ।

सम्बन्धित समाचार