सलमान खानको आगामी फिल्म ‘राधे स् योर मोस्ट वान्टेड भाई’को सुटिङ शुरु भइसकेको छ। फिल्मको ‘क्लाइमेक्स’ सुटिङमा व्यापक ‘भिएफएक्स’को प्रयोग हुनेछ । २० मिनेटको सो ‘क्लाइमेक्स’ सिन सुटिङ गर्न साढे सात करोड भारु खर्च हुने बताइएको छ ।
सो सिक्वेन्स सुटिङ गर्न क्रोमा टेक्नोलोजीको प्रयोग हुनेछ । रणदीप हुड्डा र सलमानबीचको ‘फाइट सिन’मा क्रोमा टेक्नोलोजी प्रयोग हुन लागेको हो ।
क्रोमा टेक्नोलोजी ज्यादै महँगो हुने गर्छ । यो टेक्नोलोजी ठूला फिल्म निर्माताले मात्रै प्रयोग गरेको पाइन्छ । सन् २०१५ मा आएको ‘बाहुबली’ र २०१७ मा आएको त्यसको सिक्वेलमा पनि यो टेक्नोलोजीको प्रयोग भएको थियो ।
नीलो अथवा हरियो ब्याकग्राउन्डमा भिडियो सुट गर्दा प्रयोग हुने लाइटिङ पनि निकै महँगो हुन्छ । त्यसपछि प्रयोग गरिने भिएफएक्स टेक्नोलोजीमार्फत ब्याकग्राउन्ड हटाएर कथा अनुसारको सेट राखिन्छ ।