झापामा सिमेन्ट उद्योग संचालनमा

झापाको हल्दिवारी गाउँपालिका–३, देवीबस्तीमा ६० करोडको लागतमा काबेली सिमेन्ट इन्डस्ट्री प्रालि आरम्भ भएको छ ।

प्रालिका मेनेजिङ डाइरेक्टर सुमन मैनालीका अनुसार अबको १५ दिनभित्र सिमेन्ट उद्योगले आफ्नो उत्पादक आरम्भ गर्ने छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उक्त उद्योगमा प्रत्यक्ष वा परोक्ष रूपमा ३ सयजनाले रोजगारी समेत पाउने छन् । पूर्वकै पहिलो उच्च प्रविधियुक्त सिमेन्ट उद्योगबाट सौर्य पीपीसी र ओपीसी, योद्धा ओपीसी, फेवा पीपीसी, हल्दिवारी पीपीसी बाण्डका सिमेन्टहरू उत्पादन गर्ने छ ।
वातावरणीय अनुकूलतालाई समेतलाई ध्यानमा राखेर क्लोज सर्किट प्रविधिबाट उत्पादन सुरु गरिएको समेत जानकारी गराइयो ।



सम्बन्धित समाचार