अजय देवगनको ‘मैदान’को फर्स्टलुक रिलिज, फुटबल प्रशिक्षकको भूमिकामा देखिँदैछन्

अजय देवगनको फिल्म मैदानको फर्स्टलुक रिलिज भएको छ । फष्टलुक रिलिजमै फिल्मको बिषयमा चर्चा परिचर्चा समेत सुरु भएको छ । ‘मैदान’ को फष्टलुकलाई उनका फ्यानले मन पराएका छन् । यो फिल्ममा पहिले अजयको अपोजिट भूमिकामा साउथ अभिनेत्री कीर्ति सुरेश फाइनल भएकी थिइन् । तर उनको डेट नमिलेको कारण नेशनल अवार्ड विजेता अभिनेत्री प्रियमणीले अभिनय अवसर प्राप्त गरिन् ।

अजयको हालै रिलिज फिल्म ‘तानाजीः द अनसंग वारियर’ले २०० करोड बढी आम्दानी गरेको छ । फिल्मको सफलताबाट अजय निकै खुसी छन् । फिल्म ‘मैदान’ भारतीय फुटबल टिमका कोच सईद अब्दुल रहीमको जीवनमा आधारित रहेको छ । अमित शर्माको निर्देशन रहेको ‘मैदान’मा अजय सईद अब्दुल रहीमको भूमिकामा छन् । फिल्मको फष्टलुक शेयर गर्दै अजयले रिलिज मिति पनि २२ नोभेम्बर २०२० घोषणा गरेका छन् ।



सम्बन्धित समाचार