यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित

संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो ।
राणा बिहीबारदेखि निलम्बनमा परेको गृह उच्च स्रोतले पुष्टि गर्‍यो।



राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ।

‘पक्राउ पूर्जीका लागि प्रहरी अदालत गइसकेको छ,’ गृहका एक उच्च अधिकारीले भने । तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन । ती महिला लामो समयदेखि आफूलाई यौनशोषण गरेको भन्दै गृह मन्त्रालय धाइरहेकी थिइन्।

सम्बन्धित समाचार