मौसम पूर्वानुमान: आंशिक बदली भए पनि तापक्रम बढ्ने

आइतवार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतवार र सोमवार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।



उनका अनुसार अब बिस्तारै तापक्रम बढ्दै गएर गर्मी शुरु हुनेछ । केही दिनयता मौसम बदलीबाट आजित भएका नागरिकले अब भने राहत महसुस गर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार