नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
नेपालमा लोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न लागेको कम्पनीबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ ।
नेपाली बजारमा सफल ब्राण्ड बनेको रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमिट छाप छोडन सफल हुने कुरामा जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् । रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो ।
रुस्लानको अद्वितीय गुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।