बेलायती सिटी बसमा नेपाली फिल्मको पोस्टर

‘जब तिमी गोर्खालीसँग हुन्छौ तब तिमीलाई थाहा हुन्छ त्योभन्दा सुरक्षित ठाउँ अरु कुनै छैन।’ – प्रिन्स ह्यारी।

‘यदी कसैले भन्छ- मलाई केहीको डर छैन । कि त उसले ढाँट्यो या उ गोर्खाली हो ।’ – फिल्ड मार्सल साम मानेक्श ।



यी दुई भनाइको ठीक माथि मेसिन गन बोकेको बेलायती सेनाको तस्विर । उक्त फोटो र भनाइ बेलायतको डबल टेकर सिटी बसमा देखियो । सन् २०२० मै रिलिज हुने अमेरिकन फ्यान्टासी एड्भेन्चर  ‘डोलिट्टेल’ को पोस्टरसँगै ।

अनि उक्त बसको फोटो फेसबुकमा पोस्ट गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘गोर्खा वारियर’ को घोषणा गरे ।

नेपाली तथा अङ्ग्रेजी भाषामा निर्माण हुने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । लन्डन सिने आइ प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ लगायत कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशक मिलन चाम्सले फिल्म २०२१ मा प्रदर्शनमा आउने जनाएका छन् ।

सम्बन्धित समाचार