साजन कुवँरको ‘मनको आशा’ सार्वजनिक (भिडियो सहित)

लोक गायक साजन कुवँरको नयाँ लोकगीत ‘मनको आशा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा साजन कुवँर र अनुजा पुडासैनीको स्वर रहेको छ । गीतमा सन्तोष आचार्यको शब्द रहेको छ भने यज्ञ सापकोटाले संगीत दिएका छन् ।

मिलन फिल्मस् प्रोडक्शनबाट युट्युवमा सार्वजनिक भएको गीतको भिडियोमा सन्तोष आचार्य, अस्मीता राना र आरती थापाको अभिनय रहेको छ । गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् ।



गीतमा माया प्रेम र विछोडको पीडालाई कलात्मक रुपमा बर्णन गरिएको छ । गायक कुवँरले गीत सार्वजनिक भएको छोटै समयमा निकै सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।

 

सम्बन्धित समाचार