कोरोना संक्रमितका लागि चीनले बनायो १० दिनमा हजार शैयाको अस्पताल, आज उद्घाटन हुँदै

चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैय्या क्षमताको अस्पतालको आज ‍औपचारिकत उद्घाटन हुँदैछ । भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

कोरोना संक्रमितहरुको उपचारको लागि १० दिनमा वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको हो। सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।



उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न थिए । कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सय ६० जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन ।

सम्बन्धित समाचार