कुमार पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा

प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृहले शुक्रवार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई निरीक्षक साह तथा हवलदारद्वय साह र मिश्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न निर्देशन दिएको समाचार कान्तिपुर दैनिकमा छ । गृहको निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाहीका लागि आइतबारै प्रदेश २ प्रहरी मुख्यालय धनुषालाई पत्र पठाएको छ ।



प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले कुमार पौडेल प्रकरणका आरोपितबारे प्रहरी प्रधान कार्यालयबाट पत्र आएको पुष्टि गरे । उक्त पत्र जिल्ला प्रहरी कार्यालय धुनषालाई पठाइएको उनले बताए । ०७६ असार ५ बिहीवार दिउँसो लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा पौडेलको गोली हानी हत्या भएको थियो । हत्या ढाकछोप गर्न प्रहरीले पौडेल इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ ।

सम्बन्धित समाचार