उत्पादन घटेपछि कुखुराको मासुको मुल्य ७० प्रतिशतले बढ्यो

डेढ महिना अगाडी बजारमा कुखुराको मुल्य प्रतिकेजी २ सय ४० रुपैयाँ थियो । तर त्यही मासु १ सय ७० रुपैयाँले बढेर सोमबार ४ सय १० रुपैयाँ पुगेको छ ।

माघ महिनामा विशेषगरी मासुको खपत हुने महिना पनि हो । विवाह, व्रतबन्ध, पिकनिक लगायतका स्थानमा मासुको परिकार हुने हुँदा माघ र फागुनलाई अत्याधिक रुपमा मासुको खपत हुने महिनाका रुपमा लिइन्छ ।



तर यही समय मासुको मुल्यमा ७० प्रतिशतले वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । यसरी व्यापारीले आफुखुसी मुल्य बढाउँदा पनि सरकारी पक्षबाट अनुगमन र कारवाही भने हुन सकेको छैन जसकारण व्यापारीहरु झनै मुल्य बढाएर मासुको व्यापार गरिरहेका छन् ।

मूल्य वृद्धिको कारण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाअनुसार काठमाडौंमा मात्र दैनिक ३ लाख किलो तयारी कुखुराको मासु खपत हुन्छ । मागअनुसार अहिले बजारमा मासु पाउन मुस्किल भइसकेको छ । व्यापारीले लागत मुल्य नपाएको भन्दै गत मंसिर २९ गतेदेखि १० दिनसम्म चल्ला उत्पादन बन्द गरे ।

उनीहरुले चिकेन होलिडे नै मनाएर करिब ३० लाख चल्ला जिउँदै खाल्डामा हालेका थिए भने यस्तै सोही अवधीमा व्यापारीले २० लाख अण्डा नष्ट समेत गरेका थिए ।

तत्काल बजारमा त्यसको प्रभाव नपरेपनि डेढ महिनापछि अर्थात् अहिले बजारमा त्यसको असर देखिएको छ ।

सम्बन्धित समाचार