प्रधानमन्त्री ओलीले बाँसुरी बजाउँदा खनाल र नेपालले रेटे सारंगी

प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्तारुढ दलका नेताले नेपाली मौलिक बाजा बाँसुरी र सारंगी बजाएर प्रधानमन्त्री निवास बालुवाटारमा रमाइलो गरे । मंगलवार बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सांगीतिक साँझ कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लोक बाजा बजाएका हुन् ।

उक्त तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा तस्वीर सार्वजनिक गरेका हुन्।



पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले दायाँबायाँ बसेर प्रधानमन्त्री ओलीलाई सांगितिक माहोलमा साथ दिए ।

सचिवालय सदस्यहरू र अन्य पाहुनाले ताली बजाएर साथ दिएका थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सुनाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार