आयुष्मान र जितेन्द्रको ‘किसिंग सिन’

बलिवुड फिल्म शुभ मंगल ज्यादा सावधानमा अभिनेता आयुष्मान खुराना र अर्का अभिनेता जितेन्द्र कुमारले गरेको अनस्क्रिन किस सिनलाई भारतीय सेन्सर बोर्डले पास गरेको छ । सो सिङ फिल्मको ट्रेलरमा मात्र होइन फिल्ममा समेत राखिएको निर्माताहरुले बताएका छन् ।

तेस्रो लिंगीको कथामा आधारित फिल्म शुभ मंगल ज्यादा सावधानमा रहेको सो किसिंग सिनप्रति भारतीय सेन्सर बोर्डले कुनै आपत्ति नजनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।



सेन्सर बोर्डले यस फिल्मलाई एक प्रेम कथाको रुपमा मात्र हेरेकोले सो सिनमा आपत्ति नजनाएको बताइएको छ ।

२०१७ मा रिलिज भएको आयुष्मानको फिल्म शुभ मंगल सावधानको सिक्वेल यस फिल्मले सामाजिक संदेश दिएको बताइएको छ । होमोसेक्सुवल कथामा बनेको यो फिल्मले एउटै लिंगकालाई कानुनले स्वीकारे पनि समाजले नस्विकारे देखाउन खोजिएको छ ।

फिल्ममा आयुष्मान र जितेन्द्रले शाहरुख खान र काजोलको फिल्म दिल वाले दुल्हनिया ले जाएंगेको आइकनिक सिनलाई समेत रीक्रिएट गरेका छन् ।

फेब्रुअरी २१ मा रिलिज हुने यो फिल्ममा आयुष्मान र जितेन्द्रका अलावा गजराज राव, नीना गुप्ता, सुनीता राजवार जस्ता कलाकारएल अभिनय गरेका छन् । फिल्मलाई हितेश केवल्याले निर्देशन गरेका छन् भने टी(सिरिज, आनन्द एल रायले निर्माण गरेका हुन् ।

फिल्मको ट्रेलर :

सम्बन्धित समाचार