वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा रहेनन्

नेपाल टेलिभिजनको विश्वघटनाबाट चर्चित वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

गंगालाल अस्पतालमा ५ दिन उपचार गरी उहाँलाई गए राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको आज बिहान निधन भएको जनाइएको छ ।



२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए भने विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर ख्याति कमाएका थिए । उनले नेपाल टेलिभिजनको महाप्रबन्धक जस्तो गरिमामय पदमा रहेर पनि काम गरेका थिए ।

अहिले उनको शवलाई अस्पतालबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भइरहेको पारिवारिक श्रोतले जनाइएको छ ।

सम्बन्धित समाचार