जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पूर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरेको छ।
देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार शुक्रवार राति देशका पश्चिमी भू-भाग लगायत मध्यका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
देशको पश्चिमी भू-भागका थोरै स्थान साथै मध्यका एक-दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।