बेलायती राजदूतले भेटिन् प्रचण्डलाई, शान्ति प्रक्रियाका बारे चासो

नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए । भेटका अवसरमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए ।



भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरिन्। उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन्।

सम्बन्धित समाचार