मुक्तिनाथ विकास बैंकले सुरु गर्यो वित्तीय जागरण अभियान

मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट ‘वित्तीय जागरण अभियान’ धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सोअन्तर्गत गल्छी गाँउपालिका वडा नं ९, बैरेनीस्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७ का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको छ । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी–९ धार्केमा धार्के शाखा अन्तर्गतका ग्राहक हरिप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारी प्रमुख अतिथि रहेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरूको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।



मुक्तिनाथ विकास बैंकले ‘आजकोे आवश्यकता, सबैमा वित्तीय साक्षरता’ भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तीय साक्षरता कार्यक्रम सँगसँगै वित्तीय जागरण कार्यक्रमलाई समेत अभियानकै रूपमा अन्य जिल्लाहरूमा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचार