नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणको गहिरो छानविनका लागि माग गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार नेपाली कांग्रेसले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धान गर्न माग गरेका हुन् ।
प्रवक्ता शर्माले सरकारले ‘आफ्नालाई जोगाउने–अरुलाई फसाउने’ गरेको देखिएको उल्लेख गर्दै सरकारको त्यही नियतको प्रभाव र दबाबमा अख्तियार पर्नु नै दुखद भएको बताए।
नेकपाका वर्तमान महासचिव विष्णु पौडेलले आफ्ना छोरा नविन पौडेलका नाममा जग्गा लिएको तथ्य सिंगो देशलाई जानकारी भएको भन्दै सोही प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रष्ट भएको बताएका छन् ।