प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ। शुक्रबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय हो ।
नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले आजको बैठकमा पनि अवरोध गर्ने निर्णय भएको जानकारी दिए । बैठक दिउँसो १ बजे बस्दैछ ।
कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको आरोप लगाउँदै बिहीबारको बैठक अवरुद्ध गरेको थियो ।
बिहीबारको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएको बताएकी थिइन् । अख्तियारले राजनीतिक दबाबमा परेर मुद्दा दायर गरेको उनको दावी थियो ।
ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो । तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ ।