पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै नेपाली कांग्रेसले त्यसविरुद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने तय गरेको छ । संसदीय दलको शुक्रवार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो ।
बैठकमा उपसभापति विजय गच्छदारले ललितवा निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए ।
‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने रु मसँग पैसा छैन’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’ गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए ।