अख्तियारलाई थप शक्ति र अधिकार दिनुपर्छ: अध्यक्ष थापा

राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा प्रकरणमा निर्दोष फस्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष थापाले अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको र यसलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए ।

उनले भने,‘ढिलै भएपनि अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’



मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको सुनाउँदै थापाले थपे,‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नुहुँदैन्, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनुहुँदैन् । अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने आशा छ ।’

उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे ।

सम्बन्धित समाचार