सञ्चारमन्त्री बाँस्कोटालाई बिनोद चौधरीको यस्तो झटारो !

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा विपक्षीलाई ब्यङ्ग्य गर्न माहिर मानिन्छन् । कतिपय विषयमा उनको छुद्र प्रतिक्रियाको आलोचना पनि हुने गरेको छ । उनै झटारो हान्न माहिर बाँस्कोटा यतिबेला उद्योगपति बिनोद चौधरीको झटारोको निशाना बनेका छन् ।

सीजी कम्युनिकेशनको जिएसएम मोबाइलको लाइसेन्सका बारेमा मन्त्री बाँस्कोटाले सीजीले २० अर्ब तिर्न नसकेकोले लाइसेन्स खारेज भएको बताएका थिए । उनले नियम अनुसारको २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताएका थिए ।



मन्त्रीको यो अभिव्यक्तिप्रति उद्योगपति चौधरीले आपत्ति जनाएका छन् । ट्वीटमार्फत चौधरीले सञ्चारमन्त्रीलाई राज्यले निर्धारण गरेको नवीकरण शुल्कको बारेमा ज्ञान नै नभएको प्रतिक्रिया दिए । उनले राज्यले नै सो रकम १० वर्षमा फरक फरक किस्तामा तिर्ने ब्यवस्था गरेको बारे जानकारी लिन सञ्चारमन्त्रीलाई सुझाएका छन् ।

चौधरीले ट्वीटरमा लखेका छन् ‘माननीय सञ्चारमन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुखद छ । सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु ।’

सम्बन्धित समाचार