‘तपस्वी’ बमजनको खोजी गर्न प्रहरीले के गर्दैछ ?

आफूलाई लिटिल बुद्द अर्थात् ‘तपस्वी’ भनि चिनाउने रामबहादुर बमजनको खोजी गर्न ७७ वटै जिल्लाका प्रहरी सक्रिय भएको छ ।

बिहीबार जिल्ला अदालत सर्लाहीले बमजनविरुद्द पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले उनको खोजी तिब्र बनाएको हो । यसअघि शुक्रबार बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारेस्थित उनको आश्रममा पुगेको थियो । तर प्रहरीले बमजनलाई त्यहाँ फेला पार्न सकेन ।



बलात्कार, हत्या, हिंसासम्बन्धी विभिन्न आरोप लागेका बमजन अहिले कहाँ छन्, प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

शुक्रबार बमजनको आश्रमबाट सोधपुछका लागि त्यहाँ रहेका एक जना गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर सोधपुछपछि त्यही दिन उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुलीमा उनी नभेटिएपपिछ अहिले सर्लाही, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङलगायत सम्भावित स्थानमा उनको खोजी भइरहेको छ भने उनको खोजीका लागि देशका ७७ वटै जिल्लाका प्रहरीलाई सर्कुलर जारी गरेको छ ।

सम्बन्धित समाचार