गच्छदारको बचाउमा तरुणदलद्वारा विरोध प्रदर्शन

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको भन्दै नेपाली कांग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई उनमुक्ती दिएको र अन्य राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएको विरोधमा तरुण दलले आइतबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो।



तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएर विरोध प्रर्दशन गरेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति गच्छदारविरुद्ध मुद्दा दर्ता भएपछि एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले सदन र सडकबाट विरोध जनाउदै आइरहेको छ ।

सम्बन्धित समाचार