गच्छदारको बचाउमा आक्रामक बन्दै कांग्रेस, आज पनि संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ । ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रतिनिधिसभाको आइतबार दिउँसो बसेको बैठक कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर गत बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर अख्तियारले गच्छदारमाथि सुनियोजित रुपमा फसाउने उद्देश्यले भ्रष्टाचारको मुद्दा दायर गरिएको कांग्रेसले आरोप लगाउँदै आएको छ । कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि आइतबारका लागि बैठक बोलाइएको थियो ।



आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्गि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार