गत शुक्रवार मोरङको विराटनगर महानगरपालिका वडा १२ स्थित मलहनुवामा सम्झना खत्रीको हत्या गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न सप्तरी कृष्णश्रवण गाउँपालिका वडा ३ मट्टीगढा घर भएका २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई सार्वजनिक गरेको हो। मोरङको क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर इन्चार्जको रूपमा साह र मृतक खत्रीबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ । सामान्य विवाद हुँदा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
शुक्रवार बिहान प्रहरीले विराटनगर महानगरपालिका वडा १२ मलहनुवा पश्चिम रिङरोडबाट करिब २५ मिटर पश्चिम उखुबारीमा मृत अवस्थामा फेला पारेको थियो महिलाको शव। तर ती महिलाको पहिचान भने तत्कालै खुल्न सकेन । सनाखत नभएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेको थियो ।
सुनसरी दुहवी नगरपालिका वडा ६ कालीमन्दिर चोक बस्ने वसन्त परियारकी श्रीमती ३२ की सम्झना खत्री परियार भन्ने खुलेको थियो । प्रहरीले मोबाइलमा भएको सम्पर्क र विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा साह र खत्रीबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेपछि आवश्यक अनुसन्धानको लागि साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
के भएको थियो ?
हत्या भएको तीन दिनअघि मंगलवार सम्झना सुरेन्द्रलाई कुनै जानकारी नदिई बस्छिन् । साहले पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि फोन उठ्दैन। त्यसपछि मध्यान्हमा खत्रीलाई खोज्दै दुहव घरमा पुग्छन् । तर, ढोकामा ताल्चा लगाएको हुन्छ । छिमेकीलाई सोधीखोजी गर्दा बिहानै घरबाट निस्किएको जानकारी दिएपछि पुनः फ्याक्ट्रीमा गई काम गर्न थाल्छन् ।
तर सुरेन्द्रको मन मान्दैन । अपरान्ह ४ बजे सम्झना खोज्न फेरि बाहिर निस्किन्छन् ।
खोज्दै जाने क्रममा बाँसबारी चोक अगाडि सम्झना भेटिन्छिन् । त्यहाँबाट उनीहरु बाइकमा बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ जाने क्रममा विराटनगर महानगरपालिका वडा नम्वर १२ मलहनुवा रिङरोड छेउमा पुग्छन् ।
त्यसपछि उनीहरुबीच केही कुराकानी हुन्छ । त्यतिकैमा विवाद बढ्दै जान्छ । साहले सम्झनाले लगाएको सल घाँटीमा बेरी तान्दै उखुबारीमा पुर्याई धारिलो बाँसले घाँटी रेटी हत्या गर्छन् । ‘किन सम्पर्क भएनरु फोन कहाँ गयोरु को सँग गएकी थिइस्रु भन्ने प्रश्नको जवाफ नपाएपछि हत्या भएको देखिन्छन्,’ डिएसपी राईले भने ।