‘अबको आईजीपी को ?’

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मङ्गलबार अनिवार्य अवकास पाउँदैछन् । तर त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने भन्ने निर्णय सरकारले गर्न सकेको छैन ।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए । सामान्य अवस्था र स्वभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आईजीपीका हकदार हुन्थे । खनालसँगै १८ डिआईजी र तीन एआईजीले पनि अवकास पाउँदैछन् ।



त्यसैले खनालपछि नेतृत्वको दाबेदारमा वरिष्ठ तीन डीआईजी छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय । उनीहरुको ३० वर्षे अवधि असार २४ मा सकिनेछ । तीनै जना वरीयतामा क्रमशः १, २ र ३ नम्बरमा छन् । उनीहरु आईजीपी खनालका वैकल्पिक ब्याजी हुन् भनेर भनेर आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार