एक घण्टाको अन्तरमा अस्ताए दाजुभाइ

भनिन्छ जन्म, मृत्यु र बिवाह आफ्नो वशमा हुन् । यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ । मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घटना भएको छ । एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृत्यु भएको छ ।

राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवै जनाको उच्च रक्तचापका कारण मृत्यु भएको बताइएको छ ।



५३ र ५५ वर्षका दाजुभाईमध्ये काशी शाकाहारी भोजन गर्थे । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्यसमेत रहेका उनलाई उच्च रक्तचापका कारण सामान्य पक्षघात भएको थियो ।

आइतबार बिहान पौने ३ बजेको समयमा उनको निधन भएको थियो । काशीको निधन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृत्यु भयो । उनको पनि उच्च रक्तचापका कारण ज्यान गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार