त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको सममार्गस्थित झाडीमा एक शिशु मृत अवस्थामा भेटिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार उक्त शिशु जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको थियो । जेब्रा झोलाभित्र हालेर उक्त शिशु (बालिका) कसले किन फाल्यो भन्ने कुरा पत्ता लागिसकेको छैन ।
उक्त शिशु भर्खरै जन्माएर फालिएको हो मृत भएपछि फालिएको भन्ने टुंगो लागिनसकेको प्रहरीले जनाएको छ । उक्त शिशुको शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरेको छ ।
घटनाकाबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।