भुटानी प्रधानमन्त्री, जो बिरामी जाँच्न अस्पताल धाउँछन्

हाम्रो नेता–मन्त्री उपचारका लागि विदेश सयर गर्छन् । उनीहरुको उपचारका लागि राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गरिन्छ । भुटानका प्रधानमन्त्रीको अवस्था भने फरक छ । उनी आफ्नो उपचार होइन, जनताको उपचारका लागि अहोरात्र खटिन्छन् । प्रधानमन्त्री बन्नुअघि उनी चिकित्सक थिए । प्रधानमन्त्री भइसकेपछि पनि उनी रोगीको उपचारमा निरन्तर खटिने गरेका छन् । अहिले पनि उनी सातैपिच्छे अस्पताल धाउने गरेका छन् ।

अर्को रमाइलो कुरा, नेपालमा विनाशकारी भूकम्प गएको बेला भुटानी प्रधानमन्त्री चिकित्सकको रुपमा उद्वारमा खटिएका थिए ।



‘मेरो जीवनशैलीमा केही पनि परिवर्तन भएको छैन । मेरो काम गर्ने समय १६(१७ घण्टा यथावत छ । पहिले अस्पतालमा ओटीमा काम गर्थेँ । अहिले प्रधानमन्त्री कार्यालयमा ओटीमा काम गर्छु । हप्तामा दुई पटक म सँधै अस्पताल जाने गर्छु । धेरै गरेर बिहिवार अस्पताल जाने गरेको छु । सबैभन्दा ठूलो कुरा त मेरो व्यस्त जीवनशैली पहिलेको जस्तै छ । केवल जिम्मेवारी परिवर्तन भएको छ । अहिलेसम्म, म बिरामीहरुको उपचार गरेर दिन बिताउँथें । अब म उपचार नीतिहरुको बारेमा चिन्तन गरेर दिन बिताउने गरेको छु । पहिले म एकाध बिरामीहरुसँग सम्बन्धित हुन्थेँ । अब मेरो पहुँच परिवर्तन भएको छ । म एकल बिरामीको सम्पर्कमा हुनुको सट्टा अब साढे ७ लाख मानिससँग सम्पर्कमा छु । त्यसैले मेरो निद्रा कम भएको छ । जब म कागजातमा हस्ताक्षर गर्न लाग्छु त्यतिबेला सोच्ने गरेको छु ‘मैले गर्ने हस्ताक्षर केवल यस पुस्तालाई मात्र होइन, अर्को जेनरेशन पनि यही भूमिमा आउँदैछ ।”

यो भनाई ड्रागनको भूमि भुटानका प्रधानमन्त्री डा। लोटे त्सेरिङको हो । स्पष्टसँग आफ्नो मातृभाषासँगै नेपाली, बंगला जस्ता भाषामा भाषण दिन सक्ने उनी भुटानका एक बहुप्रतिभावान व्यक्तित्व हुन् । उनको जीवन व्यक्तिगत जीवनशैलीबाट भिन्न छ । जहाँ खान्छन् पेशा वा देशकै लागि खान्छन् । उनले दुई जना धर्मपुत्र पालेका छन् । उनीहरु नै उनका सन्तानहरु हुन् । खानमा कुनै लोभ र मिठासको भोका छैनन् उनी । लगाउनमा अधिंकाश समय मौलिक भुटानी पहिरनमा भेटिन्छन् भने कुनैबेला उनी औपचारिक पहिरनमा पनि देखिने गर्छन् ।

सन् २०१८ को नोभेम्बर महिनामा प्रधानमन्त्री चुनिएका हुन् उनी । प्रधानमन्त्री चुनिएको चार महिनापछि उनीसँग एक भुटानी स्थानीय पत्रिकाले अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्तामा उनले स्पष्टसँग आफ्नो बिहानी पनि कामबाटै सुरु हुने र रात पनि पेशासँगै ढल्कँदै जाने स्पष्ट बताएका थिए ।

सो अन्तर्वार्तामा भने जस्तै उनको जीवनशैली बदलिएको छैन । परिवार भनेर आफ्नो मान्ने कोही छैनन् । धर्मपुत्र पालेका ती दुई छोराहरुलाई पनि दिने समय कम छ । दिनमा २४ घण्टा हुन्छ । त्यसमा १६ घण्टा उनले कामलाई नै दिने गरेका छन् । हप्तामा दुई दिन र नभ्याएको खण्डमा एक दिन त उनी जस्तो सुकै काम छाडेर पनि अस्पतालमा जाने गरेका छन् । त्यसैले उनको खानपान, व्यायाम र अरु व्यक्तिगत कामहरुको कुनै निश्चित समय छैन ।

सम्बन्धित समाचार