किन क्यानेडियन सभामुख फ्युरीले सभामुख सापकोटालाई भेट्न अस्वीकार गरे?

नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन ।

दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन ।



संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला क्यानेडिएन सभामुख फ्युरीको नेपाल भ्रमण तय भएकाले सोही कार्यतालिका अनुसार मात्रै भेटघाट भएको जानकारी दिए ।

सभामुख सापकोटाको द्वन्द्वकालिन मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेकाले भेट्न अस्वीकार गरेको समाचारहरु बाहिरिरहँदा त्यस्तो कारण भने नभएको गौतमले बताए ।

यद्यपी नकारात्मक सन्देश जान सक्ने भन्दै फ्युरी र सापकोटाबीच भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ९:३० बजे नेपाल आएका क्यानेडियन सभामुख फ्युरीले १२ बजे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटघाट गरी एक अर्काको अनुभव साटासाट गरेका छन ।

फ्युरीले स्वदेश फर्कन अघि म‌ङ्‌गलबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गर्ने कार्यतालिका छ ।

सम्बन्धित समाचार