सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ।
घरमा जडान भएको सिसिटिभी फुटेजमा पिर्काले हानेर मुना कार्कीलाई पिर्काले हानेर हत्या गरेको देखिएको हो।
यसपछि भने चौधरीले आफैंले आत्महत्या समेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिएका छन्।
सोमबार घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुना कार्कीमाथि आक्रमण गरेका थिए। यसपछि भने उनी आफैले समेत आत्महत्या गरेका थिए।
पूर्वसचिव कार्कीको घरमा चौधरी नाइलनको डोरीको पासो लागेर आत्महत्या गरेका थिए। श्रीमती मुना कार्की अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्।
मुनाको टाउकोभरि चोट लागेको र रगत लत्पतिएको अचेत अवस्थामा भेटिएको थियो । उनीहरूबीच मनमुटाव भए नभएकोबारे भने प्रहरीले खुलाएको छैन ।
पूर्वसचिव कार्की पूजा गर्न पशुपति मन्दिर गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ छ ।
कार्की दम्पतिका एक छोरा र दुई छोरी छन् । दुवै छोरी विदेश छन् । १२ वर्षीय छोरा भने सँगै थिए ।