सफलताको कुनै मापन हुँदैन, यो तपाईंबाट नै शुरू हुन सक्छ

आत्महत्या निकै गम्भीर समस्या हो । युवाहरूमा यो निकै तेज गतिमा बढिरहेको छ । यदि तपाईले एउटा बेलुनलाई फुकिरहनुहुन्छ भने एउटा समय त्यस्तो आउँछ कि यो फुट्दछ । यसै गरी आजभोलि सफलताको भोकले बेलुनमा फुकेजस्तो फुकले युवाहरूलाई कुण्ठित गरिरहेको छ र उनीहरूलाई तनावको स्थितिमा आउनलाई बाध्य बनाएको छ । जब तपाईले आफ्नो बच्चालाई भन्नुहुन्छ कि ‘तिमीलाई केही बन्नु छ ।’ यसबाट बच्चाको दिमागमा एउटा कुरा स्पष्ट हुन्छ कि ‘म केही पनि होइन, मलाई केही बन्नु छ ।’ परन्तु जब ऊ आफुले बनाएको वा आफ्नो अभिभावकद्वारा तय गरिएको कुनै लक्ष्यमा पुग्न सक्दैन तब उसलाई लाग्दछ कि सबै खतम भयो । यसबाट जुन निराशा उत्पन्न हुन्छ त्यसको कारणले ऊ तनावद्वारा घेरिन पुग्दछ ।

यो बिमारी हाम्रो समाजद्वारा निर्माण गरिएको हो, बच्चाको होइन । जब एउटा पनि बच्चा आफ्नो जिन्दगी खतम गर्न बाध्य हुन्छ तब यो कुरा मान्नु पर्दछ कि हाम्रो समाजको जाग्ने बेला आएको छ । हामीले यो कुरा थाहा पाउनुपर्दछ कि बच्चाको काम यस जीवनबाट आनन्द लिनु हो र जब ऊ आनन्दमय जीवन जिउँदछ, आफूभित्र सकारात्मक भाव भर्दछ तब निश्चित नै उ समाजको लागि केही दिन तयार हुन्छ । यसकारण हाम्रो जिम्मेवारी यो हो कि उनीहरूलाई जीवनको लागि प्रेरित गर्नु । म सबै युवाहरूलाई भन्न चाहन्छु कि तिमी पहिलेदेखि नै सफल छौ, तिम्रो सफलता तिमीबाट नै शुरू हुन्छ, तिम्रो सफलता एउटा पूmल जस्तै हो । यसलाई पानी देऊ, यो आफंै फुल्दछ ।



घनीभूत रूपमा मनको अँध्यारो नभई मान्छे आत्महत्या गर्न चाहँदैन । मानिस जब नकारात्मक भावले घेरिन थाल्दछ तब उसले आत्महत्यालाई आत्मसात् गर्दछ । मतलब ऊभित्र यति धेरै अँध्यारो हुन्छ कि जुन मैनबत्तीले आफूलाई दीप्तिमान गर्नुपथ्र्यो, त्यो नै निभिदियो । हामी हरेकले कोसिस गर्नुपर्दछ कि त्यो मैनबत्ती कहिल्यै ननिभोस् । स्कूल बनाइएको छ, तर स्कूलमा के पढाइएको छ ? बच्चाहरूले बुझेका छन् कि छैनन ? यतातिर हाम्रो ध्यान पुग्दैन । परीक्षाको पेपर त बनाइएको छ, तर उनीहरू कसरी पास हुन्छन् ? समीक्षा गरिएको छैन । समस्या यहाँबाट आरम्भ हुन्छ ।

मैले एउटा डक्युमेन्ट्री हेरेको थिएँ, जसमा कुनै एउटा देशको शिक्षाको स्तर त्यति सन्तोषजनक थिएन । त्यहाँको सरोकारवालाहरू मिलेर त्यहाँको शिक्षा नीति नै परिवर्तन गर्ने सोच बनाए र गरे पनि । उनीहरूले पढ्ने समयलाई घटाएर खेल्ने समय बढाइदिए र विद्यार्थीहरूलाई पनि खेल्न प्रेरित गरे । यसको परिणाम यस्तो आयो कि पछिल्लो समयमा विद्यार्थीहरूलाई विद्यालय पुगेर खेलौं खेलौंजस्तो लाग्न छोड्यो र उनीहरू पढाइमा ध्यान दिन थाले । यसको परिणामस्वरूप शिक्षाको गुणस्तरमा अनपेक्षित रूपमा वृद्धि भयो । एउटा प्रयोग सफल भयो ।
यो कुरा हामी अर्कोबाट किन सिक्न सक्दैनौं ? हामीले सिक्नुपर्दछ किनकि यो वास्तविकता हो । किन हामी ती कुराहरू सामेल गर्न सक्दैनौं जुन बच्चाहरूको लागि रूचिकर र लाभप्रद हुन्छ ।

आशा एउटा त्यस्तो चिज हो कि जब यो हाम्रो जिन्दगीबाट जान्छ तब अँध्यारो निकै गम्भीर लाग्न थाल्दछ । आशाको हामीलाई जरूरी छ किनकि जब हामी आशाबाट टाढा जान्छौं तब हामीलाई निराशाले घेर्न थाल्दछ । जब निराशाले घेर्न थाल्दछ तब अध्यारो हुन्छ । जब अँध्यारो हुन्छ तब केही देखिन्न र हामी कता गइरहेका छौं थाहा हुँदैन । यसले हामीलाई यस्तो धक्का दिन्छ जसले गर्दा हामी जिन्दगी र अँध्यारोमा कुनै अन्तर देख्न सक्तैनौं । यो अवस्था नै सबै समस्याको जड हो । यसकारण आशाको दीप जलिरहन दिनुपर्छ । सकारात्मक सोच, निरन्तरको प्रयास र भविष्यप्रति आशावादी हुने दृष्टिकोणले हामीलाई सफलतातिर उन्मुख गराउँछ । हामी हिँड्ने बाटोमा समस्याहरूका काँडाहरू छन् भने ती काँडाहरू हटाउनेतिर क्रियाशील होऔं तर बाटो परिवर्तन गर्नेतिर नलागौं । निरन्तर बाटो परिवर्तन गरेर लक्ष्यमा पुग्न सकिन्न । यही सत्य हो ।

सम्बन्धित समाचार